Logo

बुधवार, आश्विन २८ गते २०८३

images

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

दैनिकी न्यूज

५, जेठ २०७८
एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय
images

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ ।

पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने भएको छ । एकता र समझदारी वृद्धि तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोधबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने पनि निर्णय भएको रावलले बताए ।

सर्वोच्च अदालतको फैसलाअनुसार एमाले ब्युँतिएपछि शीर्षनेताबीच विवाद भएको थियो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएपछि विभाजननजिक पुगेको थियो । ‘पार्टी एकता जोगाउन’ भन्दै नेता–कार्यकर्ताले दबाब दिएपछि उनीहरू कार्यदल गठन गर्न बाध्य भए ।

गत आइतबार ओली र नेपालबीच भएको छलफलले १० सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदललाई पार्टीभित्रको विवादबारे छलफल गरे समाधानका सुझाव दिने अधिकार दिइएको छ ।

कार्यदलमा अध्यक्ष ओली समूहबाट सुवास नेम्वाङ नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता नेपाल समूहबाट भीम रावल नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । मंगलबारको बैठकमा पौडेल र पोखरेल काम विशेषले अनुपस्थित रहेका छन् ।

यो समाचार राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - ०७:५३:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology