Logo

बुधवार, आश्विन २८ गते २०८३

images

मौसम पूर्वानुमानः केही स्थानमा वर्षा हुने, सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः केही स्थानमा वर्षा हुने, सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

३१, बैशाख २०७८
मौसम पूर्वानुमानः केही स्थानमा वर्षा हुने, सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभाव रहेको छ। हाल देशका अधिकांश भू–भागमा आंशिक बदली रहेको छ।

देशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख ३१ गते (शुक्रबार)

दिउँसो: देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भु-भागहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहेने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ १ गते (शनिबार)

दिउँसो: देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भु-भागहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ २ गते (आइतबार)

दिउँसो: देशका प्रदेश १ आंशिक देखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहेने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य वदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहेने छ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - ०७:२९:३० बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology