Logo

बुधवार, आश्विन २८ गते २०८३

images

बिहे भोज गरेको आरोपमा दुई बेहुला पक्राउ

बिहे भोज गरेको आरोपमा दुई बेहुला पक्राउ

दैनिकी न्यूज

३०, बैशाख २०७८
बिहे भोज गरेको आरोपमा दुई बेहुला पक्राउ
images

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–२ मा निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् ।

कोरोनाको हटस्पट जलजला–२ माझफाँटमा बिहेको भोजको आयोजना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिकाका २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार रहेका छन् ।

मंगलबार बिहे गरेका उनीहरुले बुधबार एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिएका छन् । उनका अनुसार उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०–४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि भोजमा सहभागी भागाभाग भएका थिए । सबै भागेपछि दुईजना बेहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने प्रहरीले जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । रासस

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - ०६:५१:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology