Logo

बुधवार, आश्विन २८ गते २०८३

images

छ गुणाबढी भाडा लिने सवारी साधनलाई कारबाही

छ गुणाबढी भाडा लिने सवारी साधनलाई कारबाही

दैनिकी न्यूज

२४, बैशाख २०७८
छ गुणाबढी भाडा लिने सवारी साधनलाई कारबाही
images

काभ्रे । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ ।


काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ ।


प्रति यात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिए ।


उनले भने, “चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौँ ।” रासस

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - ०९:३७:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology