Logo

बुधवार, आश्विन २८ गते २०८३

images

मौसम पूर्वानुमानः हावाहुरीसहित भारी वर्षा, सतर्क रहन आग्रह

मौसम पूर्वानुमानः हावाहुरीसहित भारी वर्षा, सतर्क रहन आग्रह

दैनिकी न्यूज

२२, बैशाख २०७८
मौसम पूर्वानुमानः हावाहुरीसहित भारी वर्षा, सतर्क रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

देशको सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख २२ गते (बुधबार) 

दिउँसो:  देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

२०७८ बैशाख २३ गते (बिहिबार) 

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

२०७८ बैशाख २४ गते (शुक्रबार) 

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

 

 

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - ०९:०२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology