Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः मेघगर्जन/चट्याङ्ग सहित वर्षा

मौसम पूर्वानुमानः मेघगर्जन/चट्याङ्ग सहित वर्षा

दैनिकी न्यूज

२१, बैशाख २०७८
मौसम पूर्वानुमानः मेघगर्जन/चट्याङ्ग सहित वर्षा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ।

देशको प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश २ र प्रदेश १ का केहि भू–भागहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भएको छ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख २१ गते (मंगलबार) 

दिउँसो:  देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र प्रदेश २, लुम्विनी, र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। 

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। 

२०७८ बैशाख २२ गते (बुधबार) 

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका प्रदेश १ केही स्थानका साथै अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

 राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै र बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना छ।

२०७८ बैशाख २३ गते (बिहिबार) 

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०६:१२:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology