Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ

दैनिकी न्यूज

१५, बैशाख २०७८
अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ
images

काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको करिब ८ सय १२ ग्राम सुन जस्तो देखिने धातु सहित मोरङ स्थायी वतन भएका सुरेश कुमार शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जजिरा एयरलाइन्सको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका राहदानी नम्बर ११६७०५८६ वाहक सुरेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्सरे मा जाँच गर्नेक्रममा लगेजमा एक्जिस्टिङ्ग फ्यान तथा साउण्ड स्पिकरभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - १३:३४:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology