काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।
पूर्वी भु–भागमा न्यून चापिय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश नं १, २ का केही भु–भागलगायत देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो प्रदेश नं १,२ लगायत देशका अन्य पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूञ्भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना छ।
राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाकाका अनुसार बुधबार दिउँसो प्रदेश नं १, २ लगायतका देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ।
राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना छ।
बिहीबार दिउँसो देशका तराईका भु–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक(दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ।
राती देशका तराईका भु–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सोबाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ महाशाखाले आग्रह गरेको छ ।