ललितपुर । बलत्कारको आरोपमा नख्खु जेलमा पुर्पक्षमा गएका पूर्वडीएसपी राजकुमार खिउजूलाई जिल्ला अदालत ललितपुरले सफाइ दिएको छ । जिल्ला न्यायाधीश देव कुमार गिरीको इजलाशले अभियोग दाबी नपुग्ने भन्दै आज अन्तिम फैसला गरेको हो ।
ललितपुरको ठुलादुर्लङ घर भएकी २२ वर्षीया युवतीलाई पटकपटक करणी गरेको बेहोराको उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले २०७६ फागुन २१ गते खिउजूलाई पक्राउ गरेको थियो ।
खिउजू अदालतको फैसलाबाट आज बेलुका नै नख्खु जेलबाट छुटेको नख्खु जेलका सूचना अधिकारी नरेन्द्र परियारले दैनिकीन्युजलाई जानकारी दिए ।