Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव कायमै, दिनभरि झरि पर्ने

मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव कायमै, दिनभरि झरि पर्ने

दैनिकी न्यूज

९, बैशाख २०७८
मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव कायमै, दिनभरि झरि पर्ने
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।

काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको छ।

स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभर नै देशका धेरैजसो ठाउँको मौसममा उतार चढाव आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ। अन्य प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेको छ। पश्चिम र मध्य भागमा आज बेलुकादेखि मौसम सुधार हुँदै जाने तर पूर्वी क्षेत्रको मौसम भने आज सुधार हुने सम्भावना कम रहेको मौसमविद्हरुको अनुमान छ।

प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :बैशाख ९, २०७८ बिहिवार - ०७:४३:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology