Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

एक हजारका नक्कली नोटसहित तीन पक्राउ

एक हजारका नक्कली नोटसहित तीन पक्राउ

दैनिकी न्यूज

८, बैशाख २०७८
एक हजारका नक्कली नोटसहित तीन पक्राउ
images

सुनसरी । सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली९जाली० नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए । पक्राउ परेकाको साथबाट प्रहरीले नेपाली नक्कली नोट एक हजार रुपैयाँ दरका ४१५ थान बरामद गरेको कार्कीले जानकारी दिए ।

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - २१:४७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology