काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्नुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत सो जानकारी गराएको हो ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।