ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष बलराम लामामाथि आक्रमण प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् । ललितपुर लाकुरीभञ्ज्याङ घर भएका २१ वर्षका सुरत तामाङलाई ललितपुर प्रहरीले खुडासहित पक्राउ गरेको हो ।
बैशाख २ गते महालक्ष्मी–१० का तामाङलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट खुडा समेत बरामद गरेको छ । पक्राउ परेका तामाङमाथी महानगरीय प्रहरी वृत्त सातदोबाटोले अभद्र व्यवहारमा मुद्दा चलाएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले दैनिकीन्युजलाइ बताए ।