ललितपुर । सफा सुनौलो नेपालको व्यवस्थापन र चाइन फाउण्डेन फर प्रोभर्टी एलिभेशनको आर्थिक सहयोगमा तीन महिने प्लबिङ र इलेक्ट्रिक तालिम आज ललितपुरमा उद्घाटन भएको छ ।
तालिमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य पम्झा भुसालले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताइन । उनले भनिन् ‘मानिसलाई सीपले स्वरोजगार बनाउनेछ । मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउनेछ । मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या पर्दैन । श्रमले मानिसलाई सम्मानित बनाउँछ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुनेछ ।’ सिप र दक्षताले मानिसको भबिष्य निधारण गर्ने भएकाले त्यसलाई ख्याल गरि काम गर्न आग्रह गरिन । प्लबिङ र इलेक्ट्रिक तालिम सिकेर आत्म निर्भर हुन र सबै प्रशिक्षार्थीहरु एकजुट भएर व्यवसाय गर्न उनले आग्रह गरिन । विदेशी जनशक्ति नेपाल आएर नेपाली मुद्रा विदेश लगेको स्मरण गर्दै सीप सिकेर स्वदेशमै काम गर्नसमेत उनले आग्रह गरिन ।
सहभागीहरुलाई कदम श्रेष्ठ र दीपक खवासले प्रशिक्षण दिइने आयोजकले बताएको छ । तालिमका क्रममा विद्युत जडान, वाइरिङ, प्लबिङजस्ता विषयमा प्रशिक्षण दिइने बताइएको छ । सहभागीहरुलाई सिटिइभिटीको कोर्ष अनुसार तालिम दिइने आयोजक मुक्ति मरासिनीले जानकारी दिए । उनका अनुसार तालिममा १८ जना प्लबिङ र २० जना इलेक्टिक तालिममा सहभागी हुनेछन् । तालिमको अवधि तीन महिनाको रहेको छ ।


