Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

दोलखामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यू

दोलखामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यू

दैनिकी न्यूज

३१, चैत्र २०७७
दोलखामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यू
images

काठमाडौं । दोलखामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यू भएको छ ।

दोलखाको बिगु गाउँपालिका वडा नं. ४ लादुकमा गएराति प्रदेश ३–०१–०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु–३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्काको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइतेहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

उकालो कच्ची बाटोमा क्षमताभन्दा बढी यात्रु बोकेको जिप चालकले घुम्ती काट्न नसक्दा अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - ०७:३७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology