Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः मेघगर्जन/चट्टयाङ्गसहित वर्षा

मौसम पूर्वानुमानः मेघगर्जन/चट्टयाङ्गसहित वर्षा

दैनिकी न्यूज

२९, चैत्र २०७७
मौसम पूर्वानुमानः मेघगर्जन/चट्टयाङ्गसहित वर्षा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागका एक÷दुइ स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २९ गते (आइतवार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।  पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । 

चैत्र ३० गते (सोमवार)

दिउँसो:  सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ।सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक-दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

चैत्र ३१ गते (मंगलवार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ।  पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । 

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - ०८:०१:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology