Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द

कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द

दैनिकी न्यूज

२८, चैत्र २०७७
कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द
images

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ। आज चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मका लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।

सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मीहुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले जानकारी दिए। उनले दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताए।

निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको बसेको संयुक्त बैठकले आज हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ। दक्षिणकालीदेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सड

कखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ।रासस

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - ०७:४४:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology