Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै

वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै

दैनिकी न्यूज

२३, चैत्र २०७७
वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै
images

काठमाडौं । आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ४० सिट क्षमताका नौवटा बस तयारी अवस्थामा छन् । सरकारले विद्युतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले एउटा बसको एक करोड ७२ लाख रुपियाँमा २५ वटा बस खरिदको सम्झौता गरेको छ । जसमध्ये नौवटा बस पहिलो चरणमा ल्याइने भएको छ ।

सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । तीनवटा चक्रपथ र एउटा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालन गरिरहेको छ । ती बस युरो मापदण्डका हुन् । सुन्दर यातायातले चितवनमा पनि विद्युतीय बस सञ्चालन गर्नेभएको छ ।


आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७७ सोमवार - ०७:१९:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology