Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

काठमाडौ उपत्यकामा ट्राफिक चेकिङमा कडाइ

काठमाडौ उपत्यकामा ट्राफिक चेकिङमा कडाइ

दैनिकी न्यूज

१५, चैत्र २०७७
काठमाडौ उपत्यकामा ट्राफिक चेकिङमा कडाइ
images

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होलीका दिन ट्राफिक चेकिङमा कडाइ गरेको छ । दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राख्दै ट्राफिक चेकिङमा कडाइ गरेको हो ।

चोकचोकमा ट्राफिक चेकिङ भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाभरि ९० ठाउँमा ट्राफिक चेकिङ भइरहेको महाशाखाका प्रवक्ता, एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार आज राति ९ बजेसम्म चेकिङ जारी रहनेछ । अहिलेसम्म १५० सवारी–साधन कारबाहीमा परिसकेको जनाइएको छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - १३:३२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology