काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र १२ गते (बिहीबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।देशको पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
चैत्र १३ गते (शुक्रबार)
दिउँसो : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश न. १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
चैत्र १४ गते (शनिवार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।