Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

ब्राउन सुगरसहित पक्राउ

ब्राउन सुगरसहित पक्राउ

दैनिकी न्यूज

११, चैत्र २०७७
ब्राउन सुगरसहित पक्राउ
images

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट चैत्र १० गते एपीएफ टोलीले करीव १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका ४ बस्ने १९ वर्षिय बिवेक नेम्वाङ्ग छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट मेचीपुलबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज नम्वाङ्गलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - २०:२०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology