Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः शुक्रबारसम्म चट्याङसहित हल्का वर्षा

मौसम पूर्वानुमानः शुक्रबारसम्म चट्याङसहित हल्का वर्षा

दैनिकी न्यूज

११, चैत्र २०७७
मौसम पूर्वानुमानः शुक्रबारसम्म चट्याङसहित हल्का वर्षा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू–भागमा पनि आंशिक बदलि रहनेछ । गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडि भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ११ गते (बुधबार)

दिउँसो : : सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू-भागमा पनि आंशिक बदलि रहेने छ ।  गण्डकी प्रदेश,कर्णाली र सुदुर पश्चचिम प्रदेशका थोरै  स्थानहरु र बाँकि प्रदेशका पहाडि भू- भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू-भागमा आंशिक बदलि रहेने छ ।   देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १२ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । देशको पहाडी भू-भागहरुका थोरै  स्थानहरु मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागमा  आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफ रहनेछ।देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १३ गते (शुक्रबार)

दिउँसो : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।

राती : गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।

 

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०८:३८:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology