Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तामाङ पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तामाङ पक्राउ

दैनिकी न्यूज

११, चैत्र २०७७
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तामाङ पक्राउ
images

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च अदालत पाटनको २०७७ फागुन १७ को फैसलाबाट छ दिन कैद र १९ लाख ९० हजार जरिवना ठहर भएपछि फरार रहेका काठमाडौं जोरपाटीका ४० वर्षीय बुद्धिबहादुर तामाङलाई मंगलबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा जरिवाना गरेपछि फरार रहेका तामाङलाई जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ तामाङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर बैकिङ कसूरजन्य अपराध गरेका थिए । फैसला कार्यान्वयनका लागि पक्राउ तामाङलाई काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रहरीले जनाएको छ । उच्च अदालतले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम सजाय गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०८:२१:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology