Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

दैनिकी न्यूज

११, चैत्र २०७७
सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय
images

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा नाम विवादमा सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

मंगलबार कानुन व्यवसायीहरूसँग छलफलपछि माओवादी केन्द्रले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य मातृका यादवले बताए ।

छलफलमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण बिडारी, अधिवक्ताहरू मुक्ति प्रधान, दीनमणि पोखरेललगायतले पुनरावलोकनमा जान सकिने सुझाब दिएका थिए ।

नेकपाको नाममा आधिकारिकताको दाबी गर्दै ऋषिराम कट्टेलले दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीलाई अवैध भएको फैसला सुनाएको थियो ।

फैसलामा सर्वोच्चले एमाले र माओवादी केन्द्रले एकतापश्चात् राखिएको नाम बदर हुने र एकता गर्ने भए १५ दिनको म्यादसहित आह्वान गर्न निर्वाचनलाई आयोगलाई आदेश दिएको थियो ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०७:०९:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology