Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मेलम्चीको पानी एक जनालाई ७५ लिटर

मेलम्चीको पानी एक जनालाई ७५ लिटर

दैनिकी न्यूज

१०, चैत्र २०७७
मेलम्चीको पानी एक जनालाई ७५ लिटर
images

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ । 

हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ ।

यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको हो । 

२०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ । 

दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए साथै लाइनबाट सिधै ७ मिटर अर्थात अढाई तले घरसम्म वितरण गर्न सकिने उनले बताए । 

यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् । 

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - ०७:१५:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology