Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मेलम्ची खानेपानीः दुई महिनामा हेडबक्स तयार हुने

मेलम्ची खानेपानीः दुई महिनामा हेडबक्स तयार हुने

दैनिकी न्यूज

६, चैत्र २०७७
मेलम्ची खानेपानीः दुई महिनामा हेडबक्स तयार हुने
images

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि ‘हेडबक्स’ को निर्माण गरिँदैछ ।

अहिले नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ । हेडबक्स लगभग दुई महिनामा तयार हुनेछ । ‘हेडबक्स’ तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ ।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै ‘हेडबक्स’ निर्माण सम्पन्न गर्ने अन्तिम समयावधि रहे पनि कोभिड–१९ को महामारीका कारण काम सम्पन्न हुन नसकेकाले छ महिना थप गरिएको जानकारी दिए ।

उनले भने, “अहिले ‘हेडबक्स’ को भौतिक काम पूरा भइसकेको छ, त्यहाँ जडान गर्नुपर्ने कतिपय हाइड्रो मेकानिकल उपकरण, स्वचालित यन्त्र तथा विद्युतीकरणसम्बन्धी उपकरण विदेशबाट आउने क्रममा छन् । आउने बित्तिक्कै जडान कार्यसँगै ‘हेडबक्स’ को सम्पूर्ण काम सम्पन्न हुनेछ ।” ‘हेडबक्स’ मा सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन ९स्काडा० प्रणाली जडानको कामसमेत भइरहेको छ ।

सुरुङको परीक्षण सम्पन्न भएसँगै ‘हेडबक्स’ को समेत काम सम्पन्न हुने र स्थायी रूपमा मेलम्चीको पानी ‘हेडबक्स’ भएर सुरुङमा पथान्तरण गरिने प्रवक्ता पन्तले बताए ।

समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - ०७:०१:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology