Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

दैनिकी न्यूज

५, चैत्र २०७७
नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास
images

उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।

बुधवार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजलासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार रुपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार रुपैयाँ जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । गएको भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशअनुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो । रासस

images
प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - ११:०४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology