Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

खातामा पैसा नभई बाउन्स चेक काट्ने ढुङ्गाना पक्राउ, पाैने २ कराेड जरिवाना

खातामा पैसा नभई बाउन्स चेक काट्ने ढुङ्गाना पक्राउ, पाैने २ कराेड जरिवाना

दैनिकी न्यूज

४, चैत्र २०७७
खातामा पैसा नभई बाउन्स चेक काट्ने ढुङ्गाना पक्राउ, पाैने २ कराेड जरिवाना
images

काठमाडौं । प्रहरीले १ करोड ८५ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (र्सीआईबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १ करोड ८५ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगोबमोजिम १ करोड ८५ लाख रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका ढुङ्गानालाई मंगलवार धुम्रबाराहीबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका ढुङ्गानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले ढुङ्गानालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । रासस

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - २०:०६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology