Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

दैनिकी न्यूज

४, चैत्र २०७७
लागूऔषधसहित दुई जना पक्राउ
images

रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. २ स्थित अमुवाबाट चैत्र २ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको तिलोत्तमा नगरपालिका १ बस्ने २० वर्षिय राजु बुढाथोकी र ३१ वर्षिय संजिव भट्टराई छन् ।

भारतबाट लु ६८ प ८ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मजरकट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजेपाम ट्याब्लेट १५ वटा, वानरेक्स कफ ३ बोतल र स्पामर्ट ओकहार्ड क्याप्सुल २४ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका धकधईमा बुझाईएको छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०८:०८:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology