Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा

मौसम पूर्वानुमानः पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा

दैनिकी न्यूज

४, चैत्र २०७७
मौसम पूर्वानुमानः पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । नेपालमा अहिले स्थानीय बायुसँगै पश्चिमी वायुकोसमेत प्रभाव रहेको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०४ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भु-भागमा आंशिक बदली रहनेछ। कर्णाली प्रदेश,  गण्डकी प्रदेश  र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०५ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भु-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  र तराईका भु-भागमा आंशिक बदली रहनेछ।देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०६ गते (शुक्रबार)

प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०७:०७:३० बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology