Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ

दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ

दैनिकी न्यूज

४, चैत्र २०७७
दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ
images

काठमाडौं । नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बाग्लुङ गलकोट नगरपालिका–२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा आज काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कामा कमल थापा नाम राखी दोहोरो नागरिकता लिएर दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिए । “पक्राउ परेका सुनारले कमल थापाको नामबाट सरकारी कार्यालयमा नागरिकता पेश गरी सेवा लिएको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता पन्तले बताए ।

पक्राउ सुनारसँग प्रहरीले नागरिकता दुई थान, राहदानी एक थान, मोबाइल एक थान, जन्मदर्ताको प्रमाणपत्र एक थान, नाता प्रमाणितको सक्कल प्रमाणपत्र एक थान, कर्जा सूचना उपलब्ध गराइदिने बारेको पत्र चार थान, कमल थापाको नाममा बिल दुई थान बरामद गरेको छ । यस्तै कमल थापाको नाममा रहेको विभिन्न बैंकको चेक दुई थान र रबर स्टाम्पसमेत बरामद गरेको ब्यूरोले जनाएको छ । रासस

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०६:०९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology