Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः ३ दिनसम्म हावाहुरी, मेघगर्जनसहित पानी पर्ने

मौसम पूर्वानुमानः ३ दिनसम्म हावाहुरी, मेघगर्जनसहित पानी पर्ने

दैनिकी न्यूज

२, चैत्र २०७७
मौसम पूर्वानुमानः ३ दिनसम्म हावाहुरी, मेघगर्जनसहित पानी पर्ने
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भू–भागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०२ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०३ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०४ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - ०६:५५:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology