ललितपुर । चोरी गरेको आरोपमा ललितपुरको बाग्मती–६ का झलक घिमिरे र चितवन रत्ननगर–१६ घर भई हाल ललितपुरको महालक्ष्मी–८ बस्ने बिष्णु राना मगरलाई फागुन २७ गते वृत्त सातदोबाटोले पक्राउ गरेको छ ।
फागुन २६ गते ललितपुर–१४ स्थित शान्ती राईको डेराकोठाबाट उनीहरुले मोबाईल, नगद र ब्याग, युवराज खनालको डेराकोठाबाट ल्यापट, मोबाईल, नगद, तथा एनएमबी बैंक र माछापुच्छे बैंकको एटिएम कार्ड र अन्य सामानहरु चोरी गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै सभ्यतानगर स्थित संजय कुमार यादवको डेराकोठाबाट मोबाईल, जुत्ता, छालाको बुट, टिकाराम सुनुवारको डेराकोठाबाट मोबाईल, कपडाहरु, टर्च लाईट, नगद, ल्यापटप, र अन्य सामानहरु चोरी गरेको आरोप उनीहरुमाथि छ ।
फागुन २७ गते चोरी गरेको सामान सहित ललितपुर–१४ बिशालचोकबाट पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्धामा अनुसन्धान भई रहेको वृत्त सातदोबाटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।