Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

बलात्कार आरोपी केप्छाकीलाई अभद्र व्यवहारको मुद्दा

बलात्कार आरोपी केप्छाकीलाई अभद्र व्यवहारको मुद्दा

दैनिकी न्यूज

१, चैत्र २०७७
बलात्कार आरोपी केप्छाकीलाई अभद्र व्यवहारको मुद्दा
images

ललितपुर । बलात्कारको आरोपमा वृत्त चापागाउँले दक्षिण ललितपुरको बागमती गाउँपालिका वडा नं. ७, गिम्दी, मगरगाउँका एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।
फागुन २६ गते गिम्दी प्रहरीसँग समन्वय गरी वृत्त चापागाउँले ललितपुरको चापागाउँ, टाखेलबाट वर्ष ३२ का रबि केप्छाकीलाई नियन्त्रणमा लिइएको वृत्त चापागाउँका प्रमुख, डीएसपी टेक बहादुर कार्कीले जानकारी दिए ।

उनीमाथि १५ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीले केप्छाकीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि हातपात गर्न खोकेपछि उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहारको मुद्दामा प्रहरी हिरासतमा राखिएको छ । अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको डीएसपी कार्कीको भनाई छ ।

पीडित किशोरी तथा आफन्तले उजुरी दिन नमानेपछि कानुनी प्रक्रिया अघि बढाउन समस्या भएको वृत्त चापागाउँका डीएसपी कार्कीले बताए ।

वृत्त चापागाउँका अनुसार पीडित वालिकाका बुबाआमा रोजगारीको सिलसिलामा नयाँ दिल्ली, भारत छन् । तर ती बालिका आफन्तको घरमा बसेर पढ्दै आएकी थिइन् ।


images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - १७:११:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology