Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

दैनिकी न्यूज

२९, फाल्गुण २०७७
स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
images

पर्सा । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट ईलाकाबाट शनिबार एपीएफ टोलीले स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ बर्षिय राजेशकुमार साह छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - १९:१४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology