Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः मेघ गर्जनसहित पानी पर्ने

मौसम पूर्वानुमानः मेघ गर्जनसहित पानी पर्ने

दैनिकी न्यूज

२९, फाल्गुण २०७७
मौसम पूर्वानुमानः मेघ गर्जनसहित पानी पर्ने
images

काठमाडौं । पश्चिमी वायुको प्रभावले शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको बताएको छ ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभाव शनिवार रातिसम्म कायम रहने छ । आइतवारदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना रहेको बताइएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव २ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - १२:००:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology