Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

अपराह्नपछि पहाडी भू–भागमा वर्षाको सम्भावना

अपराह्नपछि पहाडी भू–भागमा वर्षाको सम्भावना

दैनिकी न्यूज

२७, फाल्गुण २०७७
अपराह्नपछि पहाडी भू–भागमा वर्षाको सम्भावना
images

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना छ ।

हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस छ । 

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - १२:१४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology