Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ सहित पक्राउ

स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ सहित पक्राउ

दैनिकी न्यूज

२६, फाल्गुण २०७७
स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ सहित पक्राउ
images

पर्सा । वीरगंज महानगरपालिका वडा नं. ६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट स्रोत नखुलेको ७ लाख ७५ हजार ४ सय ७० नेपाली रुपैयाँ र ७ हजार ४ सय भारतीय रुपैयाँ सहित सोही ट्रेडर्समा काम गर्ने बारा कलैया उपमहानगरपालिका(२३ ठेगाना भएका ३८ वर्षीय जयराम राउत कुर्मीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्रोत नखुलेको रुपैयाँ तथा बल्लु राजको नाममा जारी भएको २ लाख रुपैयाँ लेखिएको १ थान चेक र राम प्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजार रुपैयाँ लेखिएको १ थान चेक सहित फेला पारी पक्राउ गरेको हो ।

कुर्मी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्वको कसूरमा अनुसन्धान भइरहेको तथा हाल फरार रहेका उक्त ट्रेडर्सका सञ्चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - १९:४९:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology