Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित प्रकाउ

नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित प्रकाउ

दैनिकी न्यूज

२६, फाल्गुण २०७७
नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित प्रकाउ
images

कञ्चनपुर । कृष्णपुर नगरपालिका–९ पिपरीया बस्ने २५ वर्षीय संजय रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले रानाको खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।

उनको पसलबाट १ थान फलामको कैची, १ हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको १ थान साँचो, १ थान गम, १ सय ५० थान फोटोकपी पेपर, १ थान रङ्गिन फोटोकपी मेसिन, १ थान डेस्कटप कम्प्युटर र १ हजार रुपैयाँ सक्कली नेपाली नोट १ थान प्रहरीले बरामद गरेको छ ।

रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - १२:४८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology