Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

२३, फाल्गुण २०७७
पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावले सोमवार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलवारदेखि मौसम सुधार हुने मौसमविद् शान्ति कँडेलले बताइन् ।

उनका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । देशका पहाडी भूभागमा राति सामान्य बदली भई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानका साथै वाग्मती र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ३ डिग्री सेल्सियस छ । रासस

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २०:२०:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology