Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि

पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि

दैनिकी न्यूज

१९, फाल्गुण २०७७
पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि
images

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघिदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ ।

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।

हाललाई १ हजार १०० रुपैयाँदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा १ हजार १०० रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीवार महाशिवरात्रिका दिन भने ५ हजार १०० रुपैयाँ र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले दिए ।

महाशिवरात्रिका दिन ५ हजार १०० रुपैयाँको रसिद काटी विशेष पूजा गर्नेबाट दुई जना र ११ हजार रुपैयाँको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले बताएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५–०७६ मा विशेष पूजाबाट ९ करोड ४० लाख ९३ हजार १४५ रुपैयाँ आम्दानी भएको थियो ।

गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करीब नौ महीना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिंदा पनि ६ करोड १ लाख ८९ हजार ४७५ रुपैयाँ आय भएको कोषाध्यक्ष थापाले बताए। रासस

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १५:०४:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology