Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

बहुविवाह गर्नेलाई एक वर्ष कैद, १० हजार जरिवाना

बहुविवाह गर्नेलाई एक वर्ष कैद, १० हजार जरिवाना

दैनिकी न्यूज

१८, फाल्गुण २०७७
बहुविवाह गर्नेलाई एक वर्ष कैद, १० हजार जरिवाना
images

सप्तरी । बहुविवाहका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार सिरहाको लहान नगरपालिका-१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

चौधरीकी श्रीमती गयादेवी चौधरीले उनीविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन्। उनीहरुका १० वर्षीया एक छोरी छिन्। विनोदले सप्तरीको सुरुङ्गा नगरपालिका–५ की २८ वर्षीया फुलकुमारी चौधरीसँग बहुविवाह गरेका हुन्। गयादेवीले २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन्।

आरोपित चौधरी सुरुङ्गा नगरपालिका–६ स्थित श्री त्रियुगा डिस्टिलरीमा कार्यरत थिए। बहुविवाहको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले विनोदलाई २०७५ भदौ १५ गते पक्राउ गरेको थियो। सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित विनोद २०७५ असोज ११ गते ५० हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए।

बहुविवाह गर्ने फुलकुमारी भने हालसम्म पक्राउ परेकी छैनन् । उहाँको हकमा मुद्दा मुल्तबी राखिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए। रासस

images
प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - १०:४७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology