Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

स्रोत नखुलेको १८ लाख ७८ हजारसहित तीन जना पक्राउ

स्रोत नखुलेको १८ लाख ७८ हजारसहित तीन जना पक्राउ

दैनिकी न्यूज

१७, फाल्गुण २०७७
स्रोत नखुलेको १८ लाख ७८ हजारसहित तीन जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानरगपालिका १४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका १४ कुलेश्चर बस्ने नुवाकोट बिदुर नगरपालिका १३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौं तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौं कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् ।

उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १३:५७:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology