Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षा

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षा

दैनिकी न्यूज

१५, फाल्गुण २०७७
मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।

हाल देशका पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराइका थोरै स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको देखिने महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षा साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन १५ गते (शनिबार)

दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

राती :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

फाल्गुन १६ गते (आइतबार)

दिउँसो :  प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

राती :  प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

फाल्गुन १७ गते (सोमबार)

दिउँसो :  प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशकाका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

राती :  प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०६:३६:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology