Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

नेकपाको निर्णय फागुन २० गते सुनाउने

नेकपाको निर्णय फागुन २० गते सुनाउने

दैनिकी न्यूज

१४, फाल्गुण २०७७
नेकपाको निर्णय फागुन २० गते सुनाउने
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्वामित्वलाई लिएर चलेको विवादमा सर्वोच्च अदालतले यही फागुन २० गते निर्णय सुनाउने भएको छ । सो विवादको सम्बन्धमा बिहीबार सुनुवाइ सकिएपछि न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोकेको हो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएलगत्तै निर्वाचनमा नेकपाको नाममा दल दर्ता गरिएको थियो । सो भन्दाअघि नै आफूले उक्त नाममा दल दर्ता गरिसकेको उल्लेख गर्दै ऋषिराम कट्टेलले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखिएको उल्लेख गर्दै रिट निवेदनमा त्यसलाई खारेज गरी आफ्नो पार्टीलाई आधिकारिकता दिन माग गरिएको थियो ।

नेकपा र माओवादी पार्टी एकीकरण हुनासाथ आयोगमा नेकपा नामको पार्टी दर्ता गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रत्यक्ष अगुवाइमा सो पार्टी गठन गरिएको भनी आरोप लाग्दै आएको थियो । नेपाल समाचारपत्रबाट

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - ०६:४९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology