Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

११, फाल्गुण २०७७
मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशको आधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

‘उक्त प्रणालीको प्रभाव भोलि बेलुकासम्म रहने छ। ठूलो पानी पर्ने सम्भावना भने छैन’, उनले भनिन्।

हाल देशका केही पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।

आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १२:५२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology