Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

सहुलियतपूर्ण कर्जा लिने बढ्दै स् हालसम्म ६१ हजारले लिए

सहुलियतपूर्ण कर्जा लिने बढ्दै स् हालसम्म ६१ हजारले लिए

दैनिकी न्यूज

९, फाल्गुण २०७७
सहुलियतपूर्ण कर्जा लिने बढ्दै स् हालसम्म ६१ हजारले लिए
images

काठमाडौं । ब्याजमा पाँच प्रतिशत अनुदान पाइने सहुलियतपूर्ण कर्जा लिनेको संख्या निरन्तर बढ्दो छ । सहुलियत कर्जामा आकर्षण बढ्दा पछिल्लो तीन वर्षमा बैंक, वित्तीय संस्थाबाट ६० हजार ८ सय ७९ जनाले यस्तो सुविधा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

उद्यमशीलताको विकास गरी उत्पादन वृद्धि र रोजगारी सिर्जजना गर्ने उद्देश्यले सहुलियत कर्जा वितरण गर्ने नीति ल्याइएको हो । राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म बैंक, वित्तीय संस्थाले एक खर्ब ३७ करोड रुपैयाँ ब्याजको कर्जा लगानी गरेका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामा अहिलेसम्म सबैभन्दा बढी कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा छ । यसमा हालसम्म ७६ अर्ब ५९ करोड रुपैयाँ लगानी भइसकेको राष्ट्र बैंकले जनाएको छ । अहिलेसम्म ३३ हजार ८ १७ ले कृषि तथा पशुपंक्षी कर्जा लिएका छन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - ०६:५८:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology