Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

दैनिकीन्युजकर्मी कार्की विपद पत्रकारिता पुरस्कारबाट सम्मानित

दैनिकीन्युजकर्मी कार्की विपद पत्रकारिता पुरस्कारबाट सम्मानित

दैनिकी न्यूज

५, फाल्गुण २०७७
दैनिकीन्युजकर्मी कार्की विपद पत्रकारिता पुरस्कारबाट सम्मानित
images

ललितपुर । दैनिकीन्युज डटकमका सम्पादक रामहरि कार्की कोरोना संक्रमणविरुद्ध विपद पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघको सहकार्यमा एनआरएनए अष्ट्रेलियाको सहयोगमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक सामग्री प्रवाह गरेकोमा पत्रकार कार्कीलाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको हो । उनलाई सम्मान पत्रसहित नगद १० हजार रुपैयाँ पुरस्कारसमेत प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघको २६ औँ अधिवेशनका अवसरमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङ र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा उक्त पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन् ।

सो पुरस्कारबाट कार्कीसहित ३५ जना पत्रकारहरु सम्मानित भएका थिए ।

पत्रकार महासंघ ललितपुर शाखा सम्मानित
नेपाल पत्रकार महासंघको २६ औँ साधारण सभाको अवसरमा ललितपुर शाखा सम्मानित भएको छ । पत्रकार महासंघको गतिविधी व्यापक, प्रभावकारी र महाधिवेशन सफल गराउन अहम भूमिका खेलेको भन्दै जिल्ला शाखालाई केन्द्रिय समितिले सम्मान गरेको हो ।

उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ललितपुर शाखा अध्यक्ष ज्ञान प्रसाद पौडेललाई सम्मान–पत्र प्रदान गरेका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १९:५६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology