Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

विनयजंग बस्नेत पक्राउ

विनयजंग बस्नेत पक्राउ

दैनिकी न्यूज

४, फाल्गुण २०७७
विनयजंग बस्नेत पक्राउ
images

काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्।

बस्नेतलाई प्रहरीले मंगलबार साँझ काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख, एसएसपी अशोक सिंहले जानकारी दिए।

बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

सपना र विनजयजङ्ग दुवैले बेवारिसे शव जलाउने समाजसेवाको काम गर्दै आएका छन् । सपनाले विनयजङ्गलाई ‘बुबा’ भन्दै आए पनि पछिल्लो समय उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १८:१७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology