काठमाडौँ । दैनिकीन्युजकर्मी रामहरि कार्कीसहित १४ पत्रकार सम्मानित भएका छन् । आइतबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पत्रकारहरु नगद १२ हजार नगदसहित सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुननिर्माण कार्य सम्वन्धमा सत्य तथ्य समाचार सामग्री प्रवाह गरिरहेका पत्रकारहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुननिर्माण र पुर्नस्थापना लेखनवृत्ति सम्मानबाट एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई दिदै सत्य तथ्य समाचार सम्प्रेसणमा जोड दिन आग्रह गरे । सूचनाको हक कार्यान्वयन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको बताउदै सहजै सूचना पाउन नसके सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्न आग्रह गरे । सो अबसरमा उनले सूचनाको हकसम्बन्धी अधिकतम प्रयोग पत्रकारहरुले प्रयोग गरेको स्मरण गरेका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भूकम्प पछिको पुननिर्माणको अवस्थाबारे सत्य तथ्य समाचार सम्प्रेषण गरी सुसुचित गर्ने उत्कृष्ट १४ जना पत्रकारहरु सम्मानित भएकोमा हार्दिक बधाई दिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कोषाध्यक्ष किरण थापाले यस्ता लेखनवृत्ति सम्मानले पत्रकारहरुलाई हौसला प्रदान गर्ने भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताए । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र भुसालले पत्रकारहरुलाई पत्रकार आचारसंहितामा ध्यान दिन आग्रह गरे । महासंघमा महासचिव रमेश बिष्टले प्राकृतिक विपत्तिले ठूलो पाठ सिकाएको भन्दै विपदका बेलामा समचार सम्प्रेसण गर्ने सम्बन्धमा तालिमको आवश्यकता रहेको बतए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका वरिष्ठ अधिकृत बविता शर्माले पुरस्कार औचित्यकाबारेमा धारणा राखेका थिइन ।
पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुमा ललितपुरबाट रामहरि कार्की, सिन्धुलीबाट राजकुमार कार्की, धादिङबाट नवराज छत्कुली, दोलखाबाट उषा तामाङ, गोरखाबाट भिमलाल श्रेष्ठ, रसुवाबाट अनु कुमारी आचार्य, सिन्धुपाल्चोकबाट दुर्गा आचार्य, नुवाकोटबाट शर्मिला उप्रेती, मकवानपुरबाट सम्झना रिजाल, ओखलढुंगाबाट शिव प्रसाद ढुंगाना, काभ्रेपलाञ्चोकबाट मोतीराम तिमल्सिना, रामेछापबाट जानुका पौडेल, भक्तपुरबाट सम्झना पौडेल र काठमाडौँबाट विद्या राई रहेका छन् ।